स्कुलमा सय पटक उठबस गराएपछि बालिकाको मृत्यु

नयाँ दिल्ली : मुम्बईको वसईमा स्कुल ढिलो आउँदा १०० पटक उठबस गर्न लगाएर सजाय दिएकी बालिकाको मुत्यु भएको छ। विद्यालयकी शिक्षिकाले ढिलो आएकी १३ वर्षीय बालिकालाई उठबस गर्न लगाएर सजाय दिएकी थिइन्। त्यसपछि ती बालिका अचानक बिरामी परेकी थिइन्।

यही कारणले मृत्यु भएको ती बालिकाको परिवारको आरोप छ। मुम्बईको जेजे अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार (नोभेम्बर १४) राति मृत्यु भएको हो।

के थियो घटना ?

मृतक बालिका वसई पूर्वको सतीवली क्षेत्रको कुवारा पाडा परिसरमा रहेको एक विद्यालयमा कक्षा ६ मा पढ्दै थिइन्। यस विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरू अध्ययन गर्छन्।नोभेम्बर ८ को बिहान केही विद्यार्थीहरू ढिलो स्कुल पुगे जसमा यी बालिका पनि पनि थिइन्।

केही विद्यार्थीहरूले आफ्नो स्कुल झोला काँधमा बोकेर सिट-अप गरे। ति बालिकालाई भने १०० पटक उठबस गर्न लगाएर सजाए दिएको थियो। स्कुलबाट घर फर्केपछि बालिकाको स्वास्थ्य बिग्रियो र उनलाई तुरुन्तै उपचारको लागि वसईको आस्था अस्पतालमा भर्ना गरियो। त्यसपछि उनलाई अर्को अस्पताल लगियो। तर, उनको अवस्था बिग्रँदै गयो । उनलाई उपचारको लागि मुम्बईको जेजे अस्पताल भर्ना गरियो। शुक्रबार (नोभेम्बर १४) राति करिब ११ बजे उपचारको क्रममा उनको मृत्यु भएको बीबीसीमा समाचार छ।

वसईको भलिव प्रहरी चौकीका वरिष्ठ प्रहरी निरीक्षक दिलीप घुगेले बताएअनुसार बालिकाका आमाबाबुले कठोर सजाय दिँदा छोरीको मृत्यु भएको दावी गरेका छन्। अभिभावकहरूले बालिकाकालाई उठबस गर्न लगाउने शिक्षिकामाथि कडा कारबाहीको माग गरेका छन्।

उक्त घटनाबारे छानबिन गर्न समिति गठन भएको छ। दोषी देखिए शिक्षिकामाथि कारबाही हुने समितिले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot