तीन महिना २१ दिनपछि सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्री कार्कीको घोषणा

काठमाडौं , मंसिर २

प्रधानमन्त्री सुशीला कार्कीले आगामी तीन महिना २१ दिनभित्र निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने घोषणा गरेकी छन् ।

सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नागरिक समाजका १७ जना प्रबुद्ध व्यक्तिहरूसँग डेढ घण्टासम्म चलेको छलफलमा उनले चुनाव समयमै गराएर एकछिन पनि सरकारमा बस्ने मनसाय नराखेको स्पष्ट पारेकी हुन् ।

प्रधानमन्त्री कार्कीले संवैधानिक रिक्तता टार्न २१ फागुनको निर्वाचन अपरिहार्य राष्ट्रिय दायित्व भएको उल्लेख गर्दै केही पक्षले अन्योल फैलाउन खोजे पनि निर्वाचन अवश्य हुने दृढता व्यक्त गरिन्।

उनले भनिन्, ,म दलहरूसँग निरन्तर संवादमा छु। चुनावपछि तुरुन्तै सत्ता हस्तान्तरण गरेर फेरि नागरिक समाजमै फर्किन्छु।’

प्रधानमन्त्रीले निर्वाचनको विश्वसनीयता कायम राख्न सबै राजनीतिक दललाई आगामी १० मंसिरभित्र निर्वाचन आयोगमा अनिवार्य दर्ता गराउनुपर्ने सर्त कायम रहेको बताइन्। समयमै दल दर्ता हुनु नै निर्वाचन सुनिश्चितताको प्रमुख सूचक भएको उनको भनाइ थियो।

प्रहरी संगठनभित्र उत्पन्न चुनौतीप्रति प्रधानमन्त्रीले गम्भीर चासो प्रकट गर्दै मनोबल उकास्ने अभियान जारी रहेको बताइन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot