बीरगंज, मंसिर २। उपकार सेवा नेपालले आफ्नो नियमित सामाजिक सेवाअन्तर्गत ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा तथा अशक्त आश्रममा आश्रित १८ जना अपांग, सुस्त मानसिक अवस्था भएका नागरिक, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि आवश्यक दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ। संस्थाले आश्रमका सदस्यहरूका लागि चामल, दाल, खानेतेल, नून, बिस्कुट, मसुर दाल, मुङ दाल, स्वाबिन, चना, अचार, सर्फ, लुगाधुने साबुन, नुहाउने साबुन, डाइपर, धनिया, खुर्सानी, बेसार लगायतका दैनिक आवश्यक सामग्रीहरू उपलब्ध गराएको हो। सामग्री–हस्तान्तरण कार्यक्रमका क्रममा आश्रमका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई औपचारिक रूपमा सामग्री सेट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा उपकार सेवा नेपालका अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारू उपस्थित रहेर सामग्री हस्तान्तरण गरेका थिए। उपकार सेवा नेपालले यस आश्रमलाई हरेक महिना खाद्यान्न तथा अन्य आवश्यक जिन्सी सामग्री निरन्तर सहयोग गर्दै आएको छ, जसले आश्रममा बसोबास गरिरहेका अपांग, ज्येष्ठ तथा आश्रित व्यक्तिहरूको दैनिकी सहज बनाउने महत्वपूर्ण भूमिका खेलिरहेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।