जगरनाथपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीद्वारा १० केजी गाँजा बरामद,तस्कर फरार

राजन कुमार बानिया
पर्सा १ मंसिर
पर्साको जगरनाथपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले आज बिहान १० किलो अवैध लागूऔषध गाजा बरामद गरेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) पिडारीगुठीबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा गाजा फालिएको अवस्थामा भेटेको हो।

सशस्त्र प्रहरी नायब निरीक्षक दिलबहादुर गुरुङको नेतृत्वमा गएको गस्ती टोलीले गाउँपालिका–१, बिसुनपुरवा नजिक शंकास्पद गतिविधि देखेपछि खोजतलास गर्दै जाँदा गाजा फालिएको अवस्थामा फेला पारेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। प्रहरीलाई देख्नेबित्तिकै तस्कर भागेकाले पक्राउ गर्न नसकिएको पनि प्रहरीले जनाएको छ।
बरामद गरिएको गाजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा–सुगौलीमा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गण, पर्साले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot