सरावल–३ मा अनौपचारिक श्रमिक महिलाको अवस्था विवरण अभिमुखिकरण सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी ,३० कार्तिक

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा अनौपचारिक श्रमिक महिलाको अवस्था विवरण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम इन्द्रेणी सामाजिक विकास मञ्चको आयोजनामा र सरावल गाउँपालिकाको समन्वयमा सञ्चालन भएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी उपस्थित थिए।
इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक पुष्पराज आचार्य, उपाध्यक्ष धनमती सापकोटा, परियोजना संयोजक विश्व भट्टराई तथा कार्यक्रम सहजकर्ता नारायण घिमिरेले अभिमुखिकरण प्रक्रिया र उद्देश्यबारे जानकारी दिएका थिए।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, उद्योगी–व्यवसायी, श्रमिक महिला अधिकार मञ्चका पदाधिकारी लगायत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो।

अभिमुखिकरण कार्यक्रमको मुख्य उद्देश्य कोबोमार्फत संकलित बनौपचारिक महिला श्रमिकहरूको अवस्था सम्बन्धी विवरण साझा गर्न , अनाैपचारिक महिला श्रमिकहरूको सामाजिक-आर्थिक अवस्थाबारे सरोकारवालाहरूको बुझाई बढाउने,अनौपचारिक महिला श्रमिकहरूले सामना गरिरहेका समस्या, चुनौती र कमजोरीहरू पहिचान गर्ने ,सरोकारवालाहरूबाट सुझाव र प्रतिक्रियाहरू संकलन गर्ने र अनौपचारिक महिला श्रमिकहरूको अधिकार र अवसर प्रवर्द्धनका लागि अगामी योजना र नीति निर्माणमा सहकार्य गर्ने रहेको आयोजकले जनाएको छ।

कार्यक्रममार्फत महिलाले सामना गरिरहेका समस्याहरू, आवश्यकताहरू र सुझावहरूको प्रत्यक्ष अभिव्यक्ति लिइएको छ, जसले पालिकाको सामाजिक विकास र श्रमिक सशक्तिकरण कार्यक्रमको दिशा निर्धारण गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot