भन्सारभन्दा तस्करी बलियो ! महेशपुर नाकामा राजस्व संकलनमा निराशा

राष्ट्रिय दैनिक / नवलपरासी ,२२ कार्तिक

पश्चिम नवलपरासीमा रहेको महेशपुर भन्सार कार्यालयमा पछिल्ला महिनाहरूमा राजस्व संकलन घट्दै गएको छ । गत वर्ष तोकिएको लक्ष्य भेटाउँदै आएको सो भन्सारले चालु आर्थिक वर्षमा भने लक्ष्य अनुसार राजस्व उठाउन नसकेको तथ्यांकले देखाएको छ ।

स्थानियहरूले भन्सारभन्दा तस्करी मौलाउँदा राजस्वमा गिरावट आएको बताएका छन् । भारतबाट मालसामानको आवागमन निरन्तर भइरहे पनि भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा प्रशासनले राजस्वभन्दा ‘खाजस्व’ (अवैध लाभ) लाई प्राथमिकतामा राखेको आरोपसमेत लगाएका छन् ।

भन्सार कार्यालयका वेभपेजमा प्रकाशित तथ्यांकअनुसार साउन, भदौ र असोज महिनामा क्रमशः ६६.४२%, ९८.०४% र ६३.९३% मात्र राजस्व संकलन भएको छ ।
साउन महिनामा १ करोड ६४ हजार ५ सय ९७ रुपैयाँ, भदौमा १ करोड ५९ लाख ११ हजार ५ सय ४२ रुपैयाँ, र असोजमा १ करोड ९१ हजार ९ सय ५३ रुपैयाँ राजस्व उठेको उल्लेख छ ।
असोज महिनाको लक्ष्य १ करोड ५७ लाख ७५ हजार भए पनि त्यसभन्दा निकै कम राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

विशेषगरी कृषि सुधार शुल्क शीर्षकमा राजस्व घटेको देखिन्छ । साउन र भदौमा क्रमशः २ लाख ९९ हजार र ३ लाख ६८ हजार रुपैयाँ उठे पनि असोजमा सो शीर्षक शून्य देखिएको छ ।

गत आर्थिक वर्षमा भने महेशपुर भन्सारले राम्रो प्रदर्शन गरेको थियो । असोज महिनाको लक्ष्य १ करोड २२ लाख भए पनि १ करोड ९५ लाख रुपैयाँ संकलन गर्दै लक्ष्यको १५९% पुरा गरेको थियो । तर चालु वर्षमा उल्टो परिणाम देखिएको छ ।

भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा विउँ–विजन, तरकारी लगायत बनस्पतिजन्य पदार्थको भन्सार प्रक्रिया रोकिएको छ ।
२०७५ असोज ७ गते तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको महेशपुर भन्सारमा अझैसम्म क्वारेन्टाइन सञ्चालनमा नआएको हो ।
यसले गर्दा विषादीयुक्त तरकारी चोरी पैठारी हुँदै आएको र उपभोक्ता त्यसको मारमा परेका छन् ।

कृषक, साना व्यवसायी र व्यापारीले भन्सारमार्फत वैध कारोबार गर्न नसक्दा रोजगारी र स्थानीय बजारमा नकारात्मक असर परेको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष ओमप्रकाश अग्रहरिले बताए ।

लुम्बिनी प्रदेश सांसद बैजनाथ कलवारले गत वर्ष नै संघीय सरकारलाई क्वारेन्टाइन स्थापना गर्न ज्ञापनपत्र बुझाए पनि हालसम्म कार्यान्वयन भएको छैन ।
जिल्ला समन्वय समितिले अनुगमनमा समेत सो समस्या देखाएको थियो । उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिको टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

भन्सार प्रमुख विकास उपाध्यायका अनुसार राजस्व कमीका आन्तरिक र बाह्य दुवै कारण छन् ।
“मानव स्रोतको अभाव, प्लान्ट क्वारेन्टाइन नहुनु र पशु क्वारेन्टाइनले केही वस्तु आयातमा सिफारिस नदिँदा समस्या भइरहेको छ,” उनले भने ।
बाह्य कारणका रूपमा भारतिय पक्षबाट असहयोग र सुरक्षाकर्मीबीचको समन्वय अभाव मुख्य कारण रहेको बताए ।

उनका अनुसार, “यदि सुरक्षा निकाय र राजस्व निकायबीच सहकार्य बढाइयो भने महेशपुर भन्सारले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सक्छ । तर अहिले नीति र समन्वयको कमीले प्रगति रोकिएको छ ।”

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot