रौतहट ,२१ कार्तिक । भारतको बिहार राज्यमा हुने दोश्रो चरणको विधानसभा निर्वाचनका लागि रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यलय रौतहटले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक २२ गते ६ बजेदेखि २५ गते ६ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएको हो। भारतको बिहार राज्य सितामढी तथा पूर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते दोश्रो चरणको विधानसभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागि सीमा नाका बन्द हुने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए। उनका अनुसार नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पूर्णः रुपमा बन्द हुनेछ। नेपाल–भारत समन्वयको बैठक अनुसार सुरक्षालाई ध्यानमा राखेर नाका बन्द गरिन लागेको उनले बताए। सीमा क्षेत्रको सुरक्षामा कडाइ गर्दै निर्वाचन अवधिभर सम्भावित अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीहरू सीमाक्षेत्रमा तैनाथी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।