राजन कुमार बानिया /पर्सा,२१ कार्तिक पर्साको धोबीनी गाउँपालिका–२, आसवारीमा सम्पन्न मेयर कप भलिबल टुर्नामेन्ट–२०८२को फाइनल खेलमा भारतको उत्तर प्रदेश, कुशीनगर विजयी बनेको छ। धोबीनी गाउँपालिका र बजरंग युवा क्लब, आसवारीको संयुक्त आयोजनामा सम्पन्न फाइनल खेलमा कुशीनगरले नेपालको सिसवा टिमलाई लगातार तीन सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। विजेता टोली कुशीनगरलाई रु. ४० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता सिसवा टिमले रु. २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। पुरस्कार वितरण गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडाले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक बिष्णु उप्रेती, वडा अध्यक्ष देवेन्द्र प्रसाद कुर्मी, अबास मियाँ, मनाउर अहमद, शिक्षा प्रमुख जितेन्द्र चौहान, जिन्सी प्रमुख प्रदिप पटेल, ईन्जिनियर मुना पटेल, शिक्षक गोबिन्द पटेललगायतको उपस्थिति रहेको थियो। टुर्नामेन्टमा नेपाल र भारतका १० वटा भलिबल क्लबका टोलीहरूले प्रतिस्पर्धा गरेका थिए। कार्यक्रमको सञ्चालन सोनालाल कुशवाहाले गरेका थिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।