Rashtriya Dainik

निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता र अद्यावधिकका लागि राजनीतिक दललाई प्रचार–प्रसार गर्न आग्रह

राष्ट्रिय दैनिक / काठमाडौं ,२१ कार्तिक

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिकका लागि प्रचार–प्रसार गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको सूचनामा आमसञ्चार माध्यम र अन्य सरोकारवालाहरूलाई पनि सक्रिय सहयोग गर्न अनुरोध गरिएको छ।

सूचनामा भनिएको छ —“मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता र विवरण अद्यावधिक गराउन आवश्यक प्रचारप्रसार गरिदिनुहुन सबै मतदाता, राजनीतिक दल, आमसञ्चार माध्यम लगायत निर्वाचन सरोकारवालाहरूलाई आयोग हार्दिक अनुरोध गर्दछ।”

आयोगका अनुसार, नामावलीमा नाम समावेश भएका व्यक्तिले मात्र मतदान गर्न पाउने छन्। यदि अझै नाम दर्ता गर्न छुट भएको छ भने, नागरिकले आफ्नो नागरिकता सहित आयोगको वेभसाइटमा गई “Pre-registration” प्रणालीमार्फत आवेदन भर्न सक्नेछन्।

त्यसपछि तोकिएको दिन, समय र स्थानमा गई फोटो र बायोमेट्रिक विवरण दिन सकिन्छ।
विवाह, बसाइँसराइ वा अन्य कारणले मतदान केन्द्र परिवर्तन वा विवरण अद्यावधिक गर्नुपर्ने अवस्थामा सम्बन्धित कागजातसहित आवेदन दिन सकिने व्यवस्था पनि छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित