राष्ट्रिय दैनिक / नवलपरासी, १९ कात्तिक पश्चिम नवलपरासीको सरावल गाउँपालिका क्षेत्रमा पर्ने महेशपुर–भुतहा सडकखण्ड अन्तर्गत सरावल सिमानाबाट दक्षिणतर्फ रहेको ११ हजार हाइटेन्सन पोल ढल्ने अवस्थामा पुगेको समाचार सार्वजनिक भएलगत्तै तत्काल कारबाही गरिएको छ। समाचार प्रकाशित भएको ८ घण्टाभित्रै विद्युत प्राधिकरणका कर्मचारीहरूले पोल सिधा गर्ने काम सम्पन्न गरेका छन्। यसअघि स्थानीयले पोल ढल्ने जोखिमबारे पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरेका थिए। समाचार बाहिरिएपछि मात्र सम्बन्धित निकाय सक्रिय बनेको देखिएको छ। तर त्यो पोल मात्र होइन, सरावल क्षेत्रमा यस्तै अन्य केही पोलहरू समेत ढल्नै लागेको अवस्थामा रहेका छन्। त्यसतर्फ पनि विद्युत प्राधिकरणले समयमै ध्यान नदिए सडक सुरक्षा र जनजीवनमा जोखिम बढ्ने स्थानीयको बताएका छन। ढल्नै लागेको पाेल सुधार गर्नमा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको समन्वय र पहल भएको हो। स्थानीयवासीहरूले मिडिया र सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै यस्ता जनचासोका विषयमा निरन्तर ध्यान दिन आग्रह गरेका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।