सरावल सडकमा हाइटेन्सन पोल ढल्ने जोखिम,विद्युत प्राधिकरणको लापरबाहीले जनजीवन र सडक सुरक्षामा खतरा

राष्ट्रिय दैनिक / नवलपरासी ,१९ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका क्षेत्रमा पर्ने महेशपुर भुतहा सडक खण्डअन्तर्गत सरावल सिमानाबाट दक्षिणतर्फ करिब ११ हजार हाइटेन्सन भएको विद्युत पोल ढल्नै लागेको अवस्थामा पुगेको छ।

सडक किनारमा रहेको सो पोल ढल्ने अवस्थामा पुगेपछि स्थानीय बासिन्दा र सडक प्रयोगकर्ताहरू त्रसित बनेका छन्। नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रका कर्मचारीले सो बाटोबाट दैनिक आवतजावत गर्ने गरे पनि पोल मर्मतका लागि कुनै पहल नगरेको स्थानीयले आरोप लगाएका छन्।

“पोल ढल्ने अवस्थामा छ, कुनै पनि बेला दुर्घटना हुन सक्छ,” स्थानीय राजेन्द्र बि.कले बताए। उनका अनुसार पालिका र विद्युत प्राधिकरणलाई पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित निकाय बेखबर बनेको छ।

सडक प्रयोगकर्ता र स्थानीय समुदायले तत्काल पोलको मर्मत र सुरक्षित स्थानान्तरण गर्न विद्युत प्राधिकरणलाई चेतावनी दिएका छन्।
पालिकाले बजेट विनियोजन भएको काम तुरुन्त सुरु गर्ने तर आम जनजीवनसँग सरोकार भएका विषयमा विद्युत प्राधिकरणले ढिलासुस्ती गर्ने गरेको गुनासो छ।

यदि तत्काल पहल नभए मानवीय क्षति र जनधनको ठूलो जोखिम हुने चेतावनी सरोकारवालाले दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot