डढेलोले खाएको जङ्गल जस्तो उदास र फुङ्ग छ सानीमैयाँको जीवन । सुस्त श्रवण्की सानीमैयाँ भूँइचालोमाआमाबाबु गुमाएर माछा मार्न गएको भाइ नदीले बगाए पछि नितान्तएक्लिएर शान्तिको खोजिमाभौतारिदै विश्रान्तिमन्दिरमा शरणागत छे । उसको नागरिकतानभएकै कारण उसलाई राहतदिइएन कयौ छाक भोकखपेर घायल शरीर घसार्दै उसले सडक चहारी सडकमा पनिशान्तिथिएन उ जस्ता कयौ अनाथहरु सडक पेटी मै रात कटाउँथें । सानीमैयाँजिन्दगी सोच्ता सोच्तै बाआमा र भाइको संझनाले बहकिए पछि झोक्राएर दिन कटाउँथी बाआमा र भाइकोचिहान कोट्याउँ जस्तो लाग्थ्यो सम्हालिननसक्दा चिहानमाथि घोप्टो परी डाको छोडेर रुन्थी उसको रुवाई हावामाविलीनभएर जान्थ्यो । आजवार्षिकीहो उसले चिहानमा मैनबत्ति सल्काई शिर पट्टि फूलका थुङगा राखेर बाआमा र भाइलाई स्मरण गरी दुई थोपाश्रद्धाका आँसु खसाएर भावविह्वलहुँदै प्रार्थना गरी । उसको यात्राको कुनै गन्तव्यछैन ऊ निरुध्ेश्य हिडी रही मठ मन्दिर चहारी गुम्बा, मस्जिदचर्च धाई उसले शान्तिप्राप्तगर्न सकिन उ जिउँदै मरी मुर्दा मनघसारेर हराएको जिन्दगीखोज्दै मदन सरको सहयोगमा सानीमैयाँ मुक्तिप्राप्तगर्नेभनी विश्रान्तिमन्दिर आइपुगेकीहो । समयले कता बगाउँछ ? सानीमैयाँकाजीवनकथाहरु लेखिएननभने उनीहरुको मुक्तिअसंम्भव छ । प्रकाशचन्द्र खतिवडा सुन्दरहरैंचा –६, दुलारी, मोरङ राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।