कपिलवस्तु,१३ कार्तिक । काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति करिब २ बजे कपिलवस्तु शिवराज नगरपालिका–१ बनकसबासमा बा.प्र. ०१–००६ ख ८५०६ नम्बरको बस दुर्घटनामा परेको हो । पैदलयात्रुले झुक्काउँदा बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको कपिलवस्तुका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिए । बसमा सवार १७ यात्रुमध्ये ५ जना घाइते भएका छन् । घाइतेहरूलाई तत्कालै उद्धार गरी संजिवनी सामुदायिक अस्पताल, चन्द्रौटामा उपचारका लागि लगिएको छ । अस्पतालका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।