राजन कुमार बानिया पर्सा ५ कार्तिक शुभ दिपावली ,छठ पर्बको अवसरमा पर्साको धोबीनी गाउँपालिका वडा नं ३ गुलरिया क्रिकेट कल्बले अायोजना गरेको टि २० क्रिकेट प्रतियोगिता गुलरिया क्रिकेट खेलमैदानमा बुधबारको उद्घाटन भएको छ। गुलरिया खेलमैदानमा भएको क्रिकेट प्रतियोगिताको प्रमुख अतिथि धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले फिता काटेर उद्घाटन गर्नु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीले भनु भयो खेल प्रतीको उत्साह हेरे र गाउँका जनता हरुलाई धन्यवाद दिन चाहनछु । यो खेलले शारीरिक तथा मस्तिष्क को बिकास हुन्छ। खेल ले स्वास्थ्य मा अौषधी को काम गर्नेे गर्छ साथै खेलले गाउँपालिका ,देश बिदेश मा पहिचान को रुप मा हेराउन्छ। अाउने दिनमा युवा हरु लाई सहयोग रहने अध्यक्ष चौहानले प्रतिबद्धता गर्नु भयो। कार्यक्रमा धोबीनी गाउँपालिका वडा ३ का वडाअध्यक्ष राजकिशोर पटेल, मनाउर मियाँ ,देबेन्द्र पटेल, योजना शाखा प्रमुख पपु पटेल, स्वास्थ्य प्रमुख सन्जय यादव स्थानिय नेता ललन प्रसाद कुर्मी, बुनिलाल कुर्मी,शिक्षक पारस पटेल, हरिशंकर पटेल, पनालाल साह, सुदिल पटेल, लगायत खेल प्रेमी तथा स्थानीयहरुको सहभागीता रहेको थियो। टि २० क्रिकेट टुनामैन्टमा नेपाल भारतका अाठ वटा टिम खेलने अायोजक संस्थाका करमुदिन मियाँले जनाए का छन।अाज को खेल पर्सा र हेटौडा बिच भएको खेलमा हेटौंडाले जित हासिल गरेका छन। भोलिको खेल बारा र रौतहट बिच हुने अायोजकले जनाएका छन। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।