राष्ट्रिय दैनिक / नवलपरासी ,५ कार्तिक सरावल उद्योग वाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरेले पत्रकारितालाई समाजको चौथो अंगको रूपमा जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभएको छ। उहाँले पत्रकारहरू सधैं सत्य, तथ्य र निष्पक्षतामा आधारित समाचार लेख्नुपर्नेमा जोड दिनुभयो। सरावल प्रेस क्लबद्वारा आयाेजित तिहार तथा छठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले भने “पत्रकार देशको चौथो अंग हो। त्यसैले बोल्दा, फेसबुकमा स्टाटस लेख्दा वा प्रतिक्रिया दिँदा पनि आफ्नो गरिमा र जिम्मेवारी बुझेर लेख्नुपर्छ।” उहाँले पछिल्लो समय बढ्दै गएको फेक न्युज, कपि–पेस्ट पत्रकारिता र फेक आईडी बनाएर बदनाम गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। घिमिरेले थप भन्नुभयो “फेक समाचार लेख्नु वा अरूको सामग्री बिना श्रेय प्रयोग गर्नु पत्रकारिताको मानमर्दन हो। सहि र स्पष्ट जानकारी बुझेर मात्र कलम चलाउनुपर्छ।” उहाँले पत्रकार साथीहरूबाट सरावलका हरेक सामाजिक, आर्थिक र विकासका गतिविधि समेटिने अपेक्षा राख्दै दिपावली तथा छठ पर्वको शुभकामना समेत व्यक्त गर्नुभएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।