राष्ट्रिय दैनिक / नवलपरासी ,३ कार्तिक सरावल प्रेस क्लबको आयोजनामा शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम क्लबका अध्यक्ष उमेश बि.कको अध्यक्षतामा र सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष चौधरीले पत्रकारिताको धर्म र जिम्मेवारीबारे चर्चा गर्दै “पत्रकारले सत्य, तथ्य र निष्पक्ष समाचार लेख्नुपर्छ” भन्ने धारणा व्यक्त गरे। उनले फेक न्युज, चरित्र हत्या र बार्गेनिङ पत्रकारिताबाट टाढा रहन सुझाव दिँदै पालिकाको विकास तथा निर्माण कार्यको प्रभावकारी प्रचारप्रसारमा संलग्न हुन आग्रह गरे। साथै उनले सबैमा तिहार तथा छठ पर्वको शुभकामना पनि व्यक्त गरे। त्यसैगरी प्रेस क्लबका अध्यक्ष उमेश बि.कले सरावल क्षेत्रका पत्रकारबीच एकता, जिम्मेवारी र सकारात्मक पत्रकारिताको आवश्यकतामाथि जोड दिएका थिए। उनले प्रेस स्वतन्त्रता र निष्पक्षताको मर्म कायम राख्दै जनताका आवाजलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। कार्यक्रममा सरावल गाउँपालिका योजना शाखा प्रमुख ईश्वरीप्रसाद खनाल, सरावल उद्योग वाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरे, घरेलु तथा साना उद्योग महासंघ सरावलका अध्यक्ष जन्मेजय यादव, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र यादव, शिक्षक जाहिद खाँ, राकेश सहानी, आरिफ अलि खाँ, प्रेस क्लबका कोषाध्यक्ष देशबन्धु यादव र सञ्चारकर्मी टेक हरिजनलगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रम क्लबका उपाध्यक्ष भुप नारायण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सञ्चालन महेश यादवले गर्नुभएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।