सरावल–४ मंगलापुरकाे दुर्गा युवा क्लबद्वारा खुल्ला कबड्डी प्रतियोगिता सुरु, युवामा उत्साह

राष्ट्रिय दैनिक / नवलपरासी ,३ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ मंगलापुरमा दुर्गा युवा क्लबको आयोजनामा खुल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ।

कार्यक्रम क्लबका अध्यक्ष प्रकाश कोईरीको अध्यक्षतामा सम्पन्न भएको हो। उद्घाटन समारोहका प्रमुख अतिथि पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेल, विशिष्ट अतिथि सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र यादव र अतिथि युवा समाजसेवी जन्मेजय यादवलगायतको उपस्थितिमा प्रतियोगिताको शुभारम्भ गरिएको हो।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि कण्डेलले युवालाई खेलकुदको माध्यमबाट राष्ट्र निर्माण र आत्मनिर्भर जीवनतर्फ अघि बढ्न आह्वान गरे। उनले भने, “खेलकुद केवल मनोरञ्जन होइन, यो अनुशासन, लगनशीलता र सफलता प्राप्त गर्ने माध्यम हो।”

त्यसैगरी विशिष्ट अतिथि यादवले खेलकुदलाई व्यक्तिगत स्वार्थभन्दा पर, राष्ट्र र स्वास्थ्यका लागि महत्त्वपूर्ण रहेको बताए। उनले हार र जितलाई खेलको हिस्सा मानेर सबै खेलाडीलाई थप उत्साह र मिहिनेतका साथ खेल्न प्रेरित गरे।

युवा समाजसेवी जन्मेजय यादवले खेलकुद शिक्षा र अनुशासनसँग जोडिएको विषय भएको बताउँदै स्थानीयदेखि राष्ट्रिय स्तरसम्म खेल्ने लक्ष्यसहित अघि बढ्न खेलाडीहरूलाई आग्रह गरे।

समाजसेवी वासुदेव सहानीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार उमेश कुमार विकले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot