शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हरी राउत कुर्मीको बिदाइ समारोह सम्पन्न

वीरगञ्ज,२ कार्तिक

शिक्षा विकास तथा समन्वय इकाई, पर्साका इकाई प्रमुख हरी राउत कुर्मीको बिदाइ एक विशेष समारोहका बीच सम्पन्न भएको छ।

करीब ३१ वर्ष ५ महिना लामो शिक्षासेवा पूरा गरी आगामी कार्तिक ४ गतेदेखि उप–सचिव पदबाट अनिवार्य अवकाशमा जान लागेका कुर्मीको सम्मानमा इकाई कार्यालयले शुक्रबार बिदाइ कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले कुर्मीको शिक्षा प्रशासनमा देखिएको इमान्दारिता, निष्पक्षता र कर्मनिष्ठाको प्रशंसा गर्दै भने,

> “हरी राउतजस्ता सरल, निष्पक्ष र समर्पित अधिकारी बिरलै भेटिन्छन्। उहाँको योगदान सधैं स्मरणीय रहनेछ।”

त्यस्तै, महासंघका सचिव विनोद गिरीले कुर्मीको ३१ वर्षे सेवायात्रामा कुनै विवाद वा अख्तियारमा उजुरी नपरेको उल्लेख गर्दै उहाँको स्वच्छ छविको प्रशंसा गरे।

कार्यक्रममा नेपाल शिक्षक संघ पर्साका अध्यक्ष प्रदीप जैसवाल, शिक्षक संगठन पर्साका सचिव रियाज अहमद, प्रधानाध्यापक संघ नेपाल पर्साका सचिव मुकलेश गदि लगायत विभिन्न शिक्षक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत श्याम किशोर गुप्ताले गर्नुभएको थियो।

सहभागीहरूले श्री हरी राउत कुर्मीलाई भावपूर्ण बिदाइ गर्दै, उहाँको दीर्घ शिक्षायात्राबाट प्राप्त अनुभव र दृष्टिकोणले आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकास र सुधारमा मार्गदर्शक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot