अमृता सुनार/नवलपरासी ,१ कार्तिक पश्चिम नवलपरासीको सुनवल ४ मा अवस्थित बिद्यालय सुनवल युनाइटेड अंगे्रजी आवासीय मा.विमा अन्तर सदनात्मक देउसी भैलो प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल धनराज चापागाइको सभापतित्वमा सम्पन्न भएको प्रतियोगितामा जुनियर तर्फ ग्यालिलियो सदन (समूह–ख) प्रथम, आइन्स्टाइन सदन (समूह–क) द्धितीय, पाइथागोरस सदन (समूह–क) ले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । यसैगरी सिनियर तर्फ ग्यालिलियो सदन प्रथम, पाइथागोरस सदन द्धितीय, र न्यूटन सदनले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा १२ समूहका जम्मा १ सय १२ विद्यार्थीहरुको सहभागिता रहेको जनाइएको छ। चाडपर्व /संस्कृतिलाई जगेनीगर्न तथा परापूर्वकाल देखी चल्दै आएको परम्परालाई निरन्तरता दिन सहज बनाउने उद्देश्यले विद्यार्थीहरु बीच प्रतिस्पर्धात्मक रुपमा यो कार्यक्रम आयोजना गरिएको बिद्यालयले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।