पाल्हीनन्दनमा पोषण सुधारका लागि सरोकारवालाहरुको बैठक

नवलपरासी, २९ असोज । पोषण मार्फत जिवन रुपान्त्रण परियोजनाको समिक्षा र सुझाव संकलनका लागि सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ ।

पाल्हीनन्दन गाउँपालिकामा पोषण सुधारका लागि पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति एवं स्थानिय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न हो । गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंसारीको अध्यक्षतामा परियोजना सल्लाहकार समिति र सरोकारवालाहरुको बैठकबाट परियोजनाले पोषण सुधारमा पु¥याएको योगदान र गत आर्थिक बर्षमा गरेका महत्वपुर्ण क्रियाक्लाप र आगामी दिनमा परियोजनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्दै सुझावहरु संकलन गरिएको थियो ।

पाल्हीनन्दन गाउँपालिकाको आयोजना तथा बेस नेपाल तथा एकिकृत हातेमालो समाज नेपालको समन्वयमा र आईडीई नेपालको सहयोगमा पाल्हीनन्दन गाउँपालिकाको सभाहलमा आयोजित उक्त बैठकमा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु विषयगत शाखाका शाखा प्रमुखहरु र परियोजना संस्थाका पदाधिकारी एवं संयोजकहरुको उपस्थिती रहेको थियो ।
बैठकम परियोजनाले गत बर्ष सम्पन्न गरेको क्रियाक्लापका बारेमा सरोकारवालाहरुलाई जानकारी गराउने, आगामी क्रियाक्लाप संचालनका लागि आवश्यक सल्लाह सुझाव संकलन गर्न र पोषण मार्फत जीवन रुपान्तरण परियोजनाका बारेमा अभिमुखीकरण लगायतका प्रस्तुतीकरण गरिएको थियो । बेस नेपालद्धारा संचालित पोषण मार्फत जीवन रुपान्त्रण परियोजना संयोजक शालिकराम पोख्रेलले परियोजनाले सम्पन्न गरेका क्रियाक्लाप र पोषण सुधारका लागि गरिएका कामहरुको बारेमा जानकारी दिदै गाउँपालिकामा पोषण सुधारको अवस्था ठिक रहेको जिकिर गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘‘ पालिकाको ६ वटै वडाहरुमा बालबालिकाहरुको पोषण अवस्था बुझनका लागि स्क्रिनिङ्ग गरिएर तथ्याङ्क संकलन गरियो, कुषोण भएका बालबालिकाहरुलाई पोषिलो आहारहरु वितरण गरि उनीहरुको शारिरीक पोषणमा सुधार ल्याउने काम गरिएको छ ।” बैठकमा एकिकृत हातेमालो समाज नेपालका जिल्ला संयोजक केदार घिमिरेले आफनो संस्थाले पनि पोषण सुधारमा गरेको काम बारे जानकारी गराउने आगामीदिनमा गरिने क्रियाक्लापका बारेमा महत्वपुर्ण सुझावहरु संकलन गर्नु भयो ।

बैठकमा गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौड, ६ वटै वडाका वडा अध्यक्षहरु, बेस नेपालका अध्यक्ष उमा अधिकारी, कार्यकारी निर्देशक शालिकराम पाण्डे लगायतले परियोजनाका लागि महत्वपुर्ण सुझावहरु दिएको बेस नेपालका फिल्ड सुपरभाईजर राजकुमार गुप्ताले जानकारी दिनु भयो । बैठक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले संचालन गर्नु भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot