ओमानमाथि नेपालको धमाकेदार जित, सुपर सिक्समा शीर्ष स्थानमा मजबुत पकड

काठमाडौं ,३० असाेज

आइसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको महत्वपूर्ण खेलमा नेपालले घरेलु टोली ओमानलाई ३८ रनले पराजित गर्दै लगातार चौथो जित हात पारेको छ। यस जितसँगै नेपाल सुपर सिक्स समूहको शीर्ष स्थानमा उक्लिएको छ।

पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको शानदार अर्धशतकको भरमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्कासहित ६९ रन बनाए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए।
तर त्यसपछि कप्तान रोहित पौडेल (१), दीपेन्द्रसिंह ऐरी (२) र कुशल मल्ल (७) सस्तैमा आउट हुँदा नेपाल केही दबाबमा परेको थियो। अन्त्यतिर गुलशन झाले १० बलमा १८ रनको उपयोगी योगदान दिए।

जवाफी ब्याटिङमा ओमान निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रनमै सीमित रह्यो।
ओमानका विनायक शुक्लाले सर्वाधिक ३२ र मोहम्मद नदीमले २५ रन जोडे भने अन्य ब्याट्सम्यानहरूले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। गुलशन झाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट हात पारे भने सन्दीप लामिछानेले १ विकेट लिए।

यो जितसँगै नेपालले ४ खेलमा ४ जितसहित ८ अङ्क जोड्दै सुपर सिक्सको शीर्ष स्थानमा मजबुत पकड बनाएको छ। ओमान ६ अङ्कका साथ दोस्रो स्थानमा छ।
नेपाल यसअघि नै आगामी वर्ष हुने टी–२० विश्वकपका लागि छनोट भइसकेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot