Rashtriya Dainik

पश्चिम नवलपरासीमा क्षति मूल्यांकन समिति गठन

राष्ट्रिय दैनिक /नवलपरासी ,२८ भदौ

भदौ २४ गते भएको आन्दोलनका कारण जिल्लाभरका सरकारी, गैरसरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको विवरण संकलन गर्न क्षति मूल्यांकन समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकन सम्बन्धी कार्यविधि, २०८१ को परिच्छेद–४ को नियम ७ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिएको छ ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पप्पु कुमार यादव, जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता सुरेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक कैलाश राना, सडक पूर्वाधार विकास कार्यालयका ईन्जिनियर हितेन्द्र रायमाझी, जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सुनिलदत्त कहाँर लगायत विभिन्न नगरपालिका तथा गाउँपालिकाका अधिकारी र इन्जिनियरहरू सदस्य रहेका छन् ।

समितिले जिल्लाभर आन्दोलनका क्रममा भएको क्षतिको तथ्यांक संकलन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित