बिनाेद निगम / नवलपरासी ,२८ भदौ
जिल्लाको शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न पश्चिम नवलपरासीमा जारी गरिएको निषेधाज्ञा र कर्फ्यु आदेशलाई निरन्तरता दिइएको छ। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शुक्रबार जारी गरेको सूचनाअनुसार अर्को आदेश नआउँदासम्म दिनमा निषेधाज्ञा र रातमा कर्फ्यु लागू रहनेछ।

सूचनामा भनिएअनुसार प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा र साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहनेछ।
जिल्लावासीको अत्यावश्यक सेवा तथा आवश्यकता बुझी सेवाप्रदायक संस्था, सेवाग्राही तथा उपभोक्ताले नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वस्तु तथा सेवाहरू सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै, अत्यावश्यक सवारी साधन तथा सेवाहरू सञ्चालनका लागि पनि सुरक्षाकर्मीको अनुमति/समन्वय आवश्यक हुने सूचनामा उल्लेख छ।
प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै पक्षलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

