बिरगंज, १८ भदौ – महोत्तरीको एकडरा गाउँपालिकामा बालअधिकार तथा त्यससँग सम्बन्धित कार्यक्रमहरूको स्थलगत निरीक्षण र अन्तरक्रिया सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल रहनुभयो।
अन्तरक्रियामा राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष, वर्ल्ड भिजन इन्टरनेशनलका प्रतिनिधिहरू, एकडरा गाउँपालिकाका मेयर–उपमेयर, वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि, संघ–संस्था तथा बाल क्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जयसवालले बालबालिका राष्ट्रको भविष्य भएकाले उनीहरूको अधिकार संरक्षण र सर्वाङ्गीण विकासप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो। उहाँले स्थानीय तह, सरकार र साझेदार संस्थाबीचको सहकार्यले मात्र बालमैत्री समाज निर्माण सम्भव हुनेमा जोड दिनुभयो।
यस अवसरमा बालअधिकार सम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह, सरोकारवाला निकाय र बाल क्लबबीचको सहकार्य अझ प्रगाढ बनाउनुपर्नेमा सहभागीहरूले समेत जोड दिएका थिए।
कार्यक्रमले बालअधिकारको क्षेत्रमा क्रियाशील निकायहरूबीच समन्वय सुदृढ गरी नीति तथा कार्यक्रमलाई व्यवहारमै लागू गर्न सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

