Rashtriya Dainik

सहमति कार्यान्वयन नभएपछि फेरि आन्दोलनमा उत्रिए नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी

पर्सा, १८ भदौ

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारी फेरि आन्दोलनमा उत्रिएका छन्। केही समयअघि मात्रै व्यवस्थापन पक्षसँग सम्झौता गरेर आन्दोलन स्थगित गरेका उनीहरू सहमतिको अड्कोमै पुनः आन्दोलनमा उत्रिन बाध्य भएको कर्मचारीहरूले बताएका छन्।

गत साउन १२ गतेदेखि सुरु भएको आन्दोलन साउन १५ गते सम्झौतापछि स्थगित गरिएको थियो। तर, सहमतिअनुसारका बुँदा कार्यान्वयन नभएपछि कर्मचारीहरूले व्यवस्थापनले उल्टै विवादास्पद व्यक्तिलाई कार्यकारी प्रमुखमा नियुक्त गरेर आफ्ना माग र भविष्यप्रति खेलवाड गरेको आरोप लगाएका छन्।

संघर्षका कार्यक्रम घोषणा गर्दै कर्मचारीहरूले विवादरहित अध्यक्ष चयन गर्नुपर्ने, कनिष्ठ सहायक ‘ख’ पद खारेज गर्नुपर्ने, करारका कर्मचारीलाई स्थायी गर्ने, कर्मचारीको सुविधा वृद्धि गर्ने, बढुवा प्रक्रिया पारदर्शी बनाउने, कार्यकारी प्रमुख नियुक्त गर्ने लगायतका माग सार्वजनिक गरेका छन्।

आन्दोलनको तालिका अनुसार –

भदौ १७–१८ : पेन डाउन

भदौ १९–२० : कालोपट्टी बाँधेर विरोध

भदौ २२–२३ : केन्द्रीय कार्यालयमा धर्ना

भदौ २४ देखि : केन्द्रीय कार्यालय र शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

यसअघि पनि पटक–पटक कर्मचारी र व्यवस्थापनबीच सहमति भएको तर कार्यान्वयन नहुँदा प्रत्येकपटक आन्दोलन ‘आश्वासनमै’ सीमित हुने गरेको कर्मचारीहरूको गुनासो छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित