Rashtriya Dainik

बर्दघाटबाट नवलपरासी तरुणदलको वडागत अधिवेशन सुरु

नवलपरासी,१२ भदौ

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुणदल नवलपरासीको वडा अधिवेशन सुरु गरिएको छ । बिहिवार बर्दघाट नगरपालिका वडा नम्बर १६ बाट वडा अधिवेशन सुरु गरिएको हो ।

नेपाल तरुण दलको आसन्न पाँचौ महाधिवेशन सम्पन्न गर्नका लागि वडा अधिवेशन सुरु गरिएको तरुण दल नवलपरासी पश्चिम्का अध्यक्ष सुक बहादुर गुरुङ्ले जानकारी दिनुभयो ।

बर्दघाट नगरपालिका वडा नम्बर –१६ बाट सुरु भएको वडा तहको अधिवेशन सातै पालिकामा हुने र भदौ १७ गते पालिकाको अधिवेशन हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।सबै वडाहरुमा निर्वाचन नगराई सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न गर्ने तयारी भैरहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

संगठनको बिधान अनुसार नै सबै क्षेत्र र समुदायलाई समेटेर कार्यसमिति चयन हुने बताईएको छ ।तरुणदल बर्दघाट १६ का अध्यक्ष दिनेश क्षेत्रीको अध्यक्षता एवम् तरुण दल केन्द्रिय सदस्य करिम खानको प्रमुख आतिथ्यतामा वडा अधिवेशन सुरु भएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य कमल थापा,वडा अध्यक्ष भिमकाजी गुरुङ लगायत काङ्ग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित