Rashtriya Dainik

भारतको महाराष्ट्रमा भवन भत्किँदा १५ जनाको मृत्यु

नयाँ दिल्ली : भारतको महाराष्ट्रको पालघर जिल्लाको विरार क्षेत्रमा भवन भत्किँदा १५ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार भग्नावशेषबाट थप तीन शव निकालिएको छ। बुधबार राति करिब १२ बजेतिर विजय नगर क्षेत्रमा रहेको करिब यो चार तल्ले भवन ढलेको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार चौथो तल्लामा एक वर्षीया बालिकाको जन्मदिन मनाइँदै गर्दा भवनको एक भागमा रहेका १२ वटा फ्ल्याट अचानक भत्किएका थिए। बालिकाको जन्म दिन मनाउन आएका पाहुना र त्यहाँका धेरै मानिसहरू भग्नावशेषमुनि फसेका थिए।

पालघर जिल्लाका कलेक्टर डा.इन्दु रानी जाखरले मृत्यु हुनेको संख्या १५ पुगेको पुष्टि गरे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित