Rashtriya Dainik

सहकारी समस्या र भूमिसम्बन्धी विधेयकबारे अर्थमन्त्रीसँग सरोकारवालाको भेटघाट

राष्ट्रिय दैनिक /काठमाडौं ,१२ भदौ

सहकारी क्षेत्रमा देखिएका समस्या र हाल संसदमा दर्ता भएको भूमिसम्बन्धी विधेयकबारे उच्चस्तरीय छलफल अर्थमन्त्री विष्णु पौडेलसँग भएको छ।

सो अवसरमा नेपाली कांग्रेस सहकारी विभाग प्रमुख देवेन्द्रराज कण्डेल, एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी, नेफ्स्कुनका अध्यक्ष तथा पूर्व अध्यक्ष, भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री बलराम अधिकारी उपस्थित रहनुभएको थियो।

छलफलमा सहकारी क्षेत्रका विद्यमान चुनौती, समस्या समाधानका सम्भावित मार्ग र प्रस्तुत भूमि विधेयकका प्रभावबारे सुझाव तथा धारणा राखिएको थियो।

त्यसैगरी भेटघाटकै क्रममा कांग्रेस सहकारी विभाग प्रमुख कण्डेलले काठमाडौंमा लामो समयदेखि संघर्षरत उखु किसानको समस्या उठाउनुभयो। किसानको जायज मागबारे जानकारी प्राप्त गर्दै अर्थमन्त्री पौडेलले यथासक्दो छिटो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित