Rashtriya Dainik

हुम्लामा महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास : तीन जना पक्राउ

वीरेन्द्रनगर ,१२ भदौ । हुम्लाको ताँजाकोट गाउँपालिका–३ मैलास्थित एक स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मीमाथि सामूहिक बलात्कार प्रयास गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी शंकर पोख्रेलका अनुसार पक्राउ पर्नेहरूमा स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन्।

मंगलबार राति करिब ११ बजे उनीहरूले मदिरा सेवन गरी पीडित स्वास्थ्यकर्मीको कोठामा जबर्जस्ती प्रवेश गरेर यौन दुर्व्यवहार गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।

सूचना पाएपछि छप्रेला प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थलमै ती तीनै जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेपछि दुबै पक्षलाई थप अनुसन्धानका लागि सदरमुकाम सिमकोट ल्याइएको डिएसपी पोख्रेलले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा पीडितप्रति अभद्र व्यवहार र बलात्कार प्रयास भएको देखिएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित