अनिल बनिया/ नवलपरासी , ९ भदौ
नवलपरासी पश्चिम जिल्ला प्रहरीले लागू औषध सहित तीनजनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार आईतबार दिउँसो करिब ३ बजे सुनवल नगरपालिका–४ तुरिया नजिकै पूर्व–पश्चिम राजमार्गमा शंकास्पद अवस्थामा हिँडिरहेका रुपन्देही बुटवल उपमहानगरपालिका–२ का २२ वर्षीय राजेन्द्र नेपाली र ३७ वर्षीय किसन नेपालीलाई जाँच गर्दा राजेन्द्रले लगाएको कालो पाइन्टको इलास्टिकभित्र लुकाइएका २ एमएलका २३ एम्पुल डाईजेपाम, २५ एम्पुल बुप्रिनुफिन र २५ एम्पुल फेनारगन गरी ७३ एम्पुल लागू औषध फेला परेको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध जिल्ला अदालत नवलपरासीबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
यस्तै, आज बिहान करिब ७ बजे रामग्राम नगरपालिका–१ सहुवाटिकरस्थित सडक खण्डमा रुपन्देही बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्ने ३३ वर्षीय सुनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट बोकेको चामलको बोरा भित्र कालो प्लास्टिकमा लुकाइएका डाईजेपाम, बुप्रिनुफिन र फेनारगन १३-१३ एम्पुल गरी ३९ एम्पुल लागू औषध बरामद भएको छ। परियारविरुद्ध समेत अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसबारे सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तले जानकारी दिएका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

