काठमाडौँ,९ भाद्र ।
आगामी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ। यातायात व्यवस्था विभागले हालसम्म सामान्य नम्बर प्लेट प्रयोग गरिरहेका सवारीधनीलाई उच्च प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनुरोध गरेको छ।
गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले देशभर इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो।
यातायात व्यवस्था विभागका अनुसार असोज १ गतेदेखि सवारी दर्ता, नामसारी वा नवीकरणका क्रममा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नु पर्नेछ।
इम्बोस्ड नम्बर प्लेट जडान गर्दा लाग्ने शुल्क :
– मोटरसाइकल: रु २,५००
– तीन पांग्रे सवारी: रु २,९००
– चार पांग्रे सवारी: रु ३,२००
– हेभी सवारी (ठूला गाडी): रु ३,६००
विभागले सबै सवारीधनीलाई समयमै इम्बोस्ड नम्बर प्लेट जडान गरी कानुनी प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

