अमृता सुनार / नवलपरासी ,८ भदौ
पश्चिम नवलपरासीको सुनवलमा गणित विषय अध्यापनरत शिक्षकहरूलाई आइतबार एकदिने तालिम दिइएको छ । जिसन नवलपरासीको आयोजनामा संचालित तालिममा सहभागी ३३ विद्यालयका ७० जना शिक्षकहरुले गणित विषय सिकाउने सजिला र प्रभावकारी विधिबारे छलफल गरेका छन ।
बेदान्त पब्लिकेशनको सहयोगमा संचालन भएको तालिममा जिसन नवलपरासीमा आबद्ध विद्यालयका प्राथमिक तहदेखि माध्यमिक तहसम्म गणित विषय अध्यापन गर्ने शिक्षकहरु सहभागी थिए ।
तालिमको औपचारिक समारोहमा बोल्दै जिसन नवलपरासीका सल्लाहकार धनराज चापागाईले तालिमले शिक्षकलाई उर्जा प्रदान गर्ने, विषय वस्तुमा निखारता ल्याउन सहयोग पुर्याउने र शिक्षण सिकाईमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिमका सहजकर्ता बेदान्त पब्लिकेशनका लेखक तथा प्रशिक्षक हुकुम प्रसाद दाहालले गणित विषय अध्यापनका नविनतम विधिहरुबारे चर्चा गर्नुभएको थियो । तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिमले शिक्षण सिकाइमा सहयोग पुर्याउने विचार व्यक्त गरेका थिए ।
जिसन नवलपरासीका अध्यक्ष थमन शेरचनको अध्यक्षता एवम सल्लाहकार कृष्ण आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बेदान्त पब्लिकेशनका प्रबन्ध निर्देशक जीवन श्रेष्ठ, डाइरेक्टर निर्मल कुमार श्रेष्ठ, जिसनका वरिष्ठ सल्लाहकार ईन्द्र गुरुङ्ग, धनराज चापागाई र सन्तोष रौनियार लगायतको उपस्थिति रहेको थियो।

जिसन नवलपरासीका सचिव बलिराम यादवको संचालन रहेको कार्यक्रममा उपाध्यक्ष संजय ढुङ्गानाले सहभागीलाई स्वागत गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

