Rashtriya Dainik

जिसन नवलपरासीद्वारा आधारभुत तहको पेन्टिङ ड्रोइङ प्रतियोगिता सम्पन्न

अमृता सुनार / नवलपरासी , ८ भदौ

जिसन नवलपरासीले कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई पेन्टिङ र कक्षा ६ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई प्रतियोगितात्मक ड्रोइङ सम्पन्न गरेको छ ।

जिसन नवलपरासीका अध्यक्ष थमन शेरचनको अध्यक्षता एवम सल्लाहकार भगवन्त प्रसाद धवलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ड्रोइङ र पेन्टिङ तर्फ कुल ४९ विद्यालय सहभागी रहेकोमा ड्रोइङ तर्फ क्रमश जानकी चौधरी, बृजेश कुमार, यमडी रोन र विकास गुरुङ्गले प्रथम, द्धितीय, तृतीय एवं सान्तवना पुरस्कार प्राप्त गरेका थिए भने पेन्टिङ तर्फ काजल थारु, सुवान्सी सुनार, सिर्जना सुनार र सेलिना चौधरीले क्रमश प्रथम, द्धितीय, तृतीय एवं सान्तवना पुरस्कार प्राप्त गरेका छन ।

जिसन नवलपरासीका उपाध्यक्ष संजय ढुङ्गानाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव बलिराम यादवले गर्नुभएको थियो । कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक बलवन्त कुर्मी, जिसन नवलपरासीका सन्तोष रौनियार ,सल्लाहाकार ईन्द्र गुरुङ्ग, धनराज चापागाई र दिपक पौडेल लगाएतको शुभकामना मन्तव्य रहेको कार्यक्रमको औचित्य माथि इसिए संयोजक सोमनाथ पाठकले प्रकाश पार्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित