Rashtriya Dainik

रामग्राम नगरपालिका कार्यक्षमता मूल्याङ्कनमा सबैभन्दा कम

राष्ट्रिय दैनिक /नवलपरासी ,८ भदौ

पश्चिम नवलपरासीका स्थानीय तहमध्ये सुस्ता गाउँपालिकाले उत्कृष्ट ८७ प्रतिशत अंक ल्याएर पहिलो स्थान हासिल गरे पनि, रामग्राम नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को गुणस्तर मूल्याङ्कनमा सबैभन्दा कम अंक प्राप्त गरेको छ। रामग्राम नगरपालिकाले ७२.५० प्रतिशत अंक मात्र ल्याएको हो।

संघीय मामिला तथा सामान्य मन्त्रालयले २०८२ भदौ ६ गते प्रकाशित गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को अन्तिम नतिजामा यस वर्षको गुणस्तर मूल्याङ्कनको आधारमा रामग्राम नगरपालिकाको कार्यक्षमता अपेक्षाकृत कमजोर देखिएको छ।

विभिन्न १० वटा विषयगत क्षेत्रमा गरिएको मूल्याङ्कनमा नगरपालिकाको सेवा प्रवाह, भौतिक पूर्वाधार र विपद् व्यवस्थापनमा सुधारको आवश्यकता भएको देखिन्छ। यद्यपि, रामग्राम नगरपालिकाले अझै सुधार गर्नुपर्ने पक्षको पहिचान गर्दै आफ्नो कार्यक्षमता सुधारका लागि योजनाबद्ध प्रयास गर्ने अपेक्षा गरिएको छ।

यसको विपरीत सुस्ता र प्रतापपुर गाउँपालिकाले समान रूपमा ८५.२५ प्रतिशत अंक ल्याएर दोस्रो स्थान हासिल गरेका छन्।

रामग्राम नगरपालिका आगामी समयमा सुधारका लागि योजना निर्माण गर्ने आवश्यकता रहेकाे देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित