कैलाली , ८ भदौ
कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।
आज कैलाली–कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा रहनेछ ।
द्वापर युगमा पाँच पाण्डवमध्येका माइला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको बताइन्छ । अर्कोथरी मतअनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ ।
अटवारी पर्वका बेला थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको पूजा गर्ने गर्दछन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

