रौतहट/भदौ ८ गते ।
रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति एक संकास्पद सुटकेश फेला परेको छ। राति करिब १०:३० बजे स्थानीयले देखेको सो सुटकेश खोल्दा भित्र महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार सुटकेश रस्सीले बाँधिएको अवस्थामा भेटिएको थियो। सुटकेश खोलेपछि भित्र अन्दाजी ३०-३५ वर्ष उमेरको महिलाको शव रहेको पाइएको हो।
प्रारम्भिक अनुमानअनुसार महिलाको हत्या गरी शवलाई लुकाउन सुटकेशमा हालिएको हुन सक्ने आशंका गरिएको छ। शवलाई परीक्षणका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

