धर्मेन्द्र कुमार कुर्मी / कपिलवस्तु ,७ भदौ
कपिलवस्तुकाे विजयनगर गाउँपालिकाकाे आयाेजनामा महिलाहरुको महान पर्व हरितालिका (तिज) को अवसरमा शुभकामना आदान-प्रदान तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार गाउँपालिकाकाे सभाहल खडैचामा भव्यसभ्य रुपमा शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम भएको हाे ।

राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेकाे प्रमुख आतिथ्यता, गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाकाे विशिष्ट आतिथ्यता, अनेम संघकी केन्द्रीय सदस्य शारदा शर्माकाे विशिष्ट आतिथ्यता र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी थारूकाे अध्यक्षताका शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम सम्पन्न भएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

