उमेश बि.क / नवलपरासी ,७ भदौ
थारु समुदायको विशेष चाड बड्की अत्तवारीका अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ। उक्त दिन प्रदेशभरिका सरकारी कार्यालयहरू बन्द हुने भए पनि नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाले भने कार्यालय नियमित रूपमा सञ्चालन हुने जनाएको छ।
गाउँपालिकाले सूचना जारी गर्दै बड्की अत्तवारी भदौ १५ गते आइतबार मनाइने भएकाले भदौ १५ मा विदा दिइने स्पष्ट पारेको हो।

पालिका अध्यक्ष टेकनारायण उपाध्यायका अनुसार “यहाँ आइतबार भदौ ८ गते कसैले पनि पर्व मनाउँदैन, सबैले भदौ १५ गते मनाउने भएकाले उक्त दिन विदा दिने निर्णय गरिएको हो। गत वर्ष पनि यस्तै गरिएको थियो।”
बड्की अत्तवारी थारु समुदायको एक प्रमुख पर्व हो,यश पर्वमा छोरी चेली, दिदी बहिनी तथा भाञ्जाभाञ्जी बोलाएर चिनी रोटी खाने र खुवाउने वर्षौदेखिको परम्परा छ ।
सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका थारु बहुल क्षेत्रहरूमा यस पर्वलाई धूमधामसँग मनाउने चलन छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

