उमेश बि.क / नवलपरासी, ७ भदौ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा श्री प्रसाद गाैतम आउने भएका छन ।
हालका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्राको मन्त्रालयमा सरुवा भएसँगै नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा गैडहवा गाउँपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गाैतम सरावल आउने भएका हुन् ।

यस गाउँपालिकामा २०७३ फागनु २९ गते गुन्जेश्वरी प्रसाद चौधरी हाजिर भए भने २०७४ चैत १३ गते झवेश्वर रेग्मी हाजिर भएका थिए । त्यस्तै २०७४ माघ ४ गते बुद्ध प्रकाश पौडेल हाजिर भए । अधिकृत पौडेल २०७८ साल माघ २८ गते सरुवा भए । उनी जनचाहना र कानून अनुसार जनप्रतिनिधिको समन्वयमा उत्कृष्ट काम गरेर सबैको लोकप्रिए बनेका थिए ।
त्यस्तै २०७८ साल माघ २८ गते कृष्णप्रसाद ज्ञवाली हाजिर भएका थिए । अधिकृत ज्ञवाली २०७९ साउन १८ गते छोटो समयमै परिवर्तन भए ।
त्यस्तै २०७९ साल भाद्र १८ गते दुर्गा पौडेल हाजिर भए । पौडेलको १ बर्ष बसाइँमा जनचाहना र कानून अनुसार जनप्रतिनिधिको समन्वयमा काम गरेका हुन । अधिकृत पौडेल जनप्रतिनीधी र कर्मचारीबीच सहज बातावरण सृजना गर्दै बिकासका कामलाई अगाडि बढाका थिए ।
त्यस्तै २०८० साल भाद्र २५ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा बिशाल मिश्रा हाजिर भए । अधिकृत मिश्रा कर्मचारी र जनप्रतिनीधीबिच समन्वयात्मक भुमिका निर्वाह गर्दै विकास निर्माणका काम गरेका हुन ।
हाल नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा श्री प्रसाद गाैतम आउन लागेको पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी दिइएका हुन ।

त्यस्तै कृषि शाखा प्रमुख कुलदिप नरायण मिश्र पनि सरुवा भएका छन । कृषि शाखा प्रमुख मिश्र सरावलबाट सरुवा भई कपिलवस्तुकाे यसाेधरा गाउँपालिका जाने भएका छन। मिश्र लामो समयदेखि सरावल गाउँपालिकामा कार्यरत रहेका थिए। मिश्र जनप्रतिनीधी ,कर्मचारी र स्थानीयसंग सहज बातावरण सृजना गर्दै बिकासका कामलाई अगाडि बढाका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

