अमृता सुनार/नवलपरासी ,६ भदौ
नेपाली संस्कृतिको जर्गेना गर्ने तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई संस्कारी बनाउने उद्धेश्यले हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तीजको विशेष अवसर पारेर आज अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा क्याम्पसको सभाहलमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता, सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता, क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडेल र सुनवल नगरपालिका वडा नं.४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनीको विशिष्ट आतिथ्यता रहेको उक्त प्रतियोगितामा सुनवल नगरपालिका नगरकार्यपालिका सदस्य जुठीमाया पुन साथै सीता तिमिल्सिना, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, क्याम्पस सल्लाहकार समितिका पदाधिकारीको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु, क्याम्पसमा अध्यापनरत शिक्षक शिक्षिकाहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा क्याम्पस आजीवन सदस्य राधा के.सी. साथै उपप्राध्यापक भिमलाल ढकाल निर्णायक मण्डलमा रहनुभएको थियो ।
उक्त प्रतियोगितामा क्याम्पसको बी.बी.एस.,बी.एड., बि.बि.ए., बि.आइ.सि.टि.इ., एम.बि.एस.मा अध्ययनरत विद्यार्थीहरु गरी करिव २५३ बढीको सहभागिता रहेको थियो । जम्मा ७ वटा समूहको प्रतिस्पर्धा रहेको सो प्रतियोगितामा बि.बि.ए. दोस्रो सेमेस्टरमा अध्ययनरत विनिता गौतमको समुह प्रथम, बि.बि.एस तेस्रो वर्षमा अध्ययनरत दिव्या पाण्डेको समूह र बि.बि.एस. चौथो वर्षमा अध्ययनरत रोजिना रेग्मीको समूह द्वितीय साथै बि.बि.ए. चौथो सेमेस्टरमा अध्ययनरत आकृति न्यौपानेको समूहले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।
प्रतियोगितामा विजयी समूहलाई प्रमुख अतिथिद्वारा नगद पुरस्कार प्रदान गरिएको थियो । शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि नगरप्रमुख अर्यालले तीज विशेष कार्यक्रमको आयोजना गरेर क्याम्पसले नेपाली संस्कृतिको उजागर गरेको साथै संस्कृतिको संरक्षण समेत गरेको विचार व्यक्त गर्नुभयो । प्रतियोगितामा विशिष्ट अतिथिको समेत शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रम समापनको अवसरमा सभाध्यक्ष लामिछानेले देवकोटा क्याम्पस सामुदायिक क्याम्पस भएको हुनाले नेपाली संस्कृतिको संरक्षण गर्नु क्याम्पसको दायित्व हो त्यसैले नेपाली संस्कृतिको जगेर्ना गर्न क्याम्पसले यो कार्यक्रमको आयोजना गरेको भन्दै संस्कार नभए सम्म हामी संस्कारी बन्न नसक्ने हुनाले हामीले आफ्नो पहिचान कायम गर्न हाम्रो संस्कृति जोगाउनु पर्ने विचार राख्दै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा सुलोचना अर्र्यालको स्वागत मन्तव्य र छात्रा प्रकृति चापागाई साथै मुना अधिकारीको संचालन रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

