अमृता सुनार/ नवलपरासी ,६ भदौ
सफल महिला बचत तथा ऋण सहकारी सस्था लि.को १४ औ साधारण सभा सुनवलमा सम्पन्न भएको छ । सस्थाकी अध्यक्ष पवित्रा गौतम सापकोटाको अध्यक्षता एवम संस्थाकी जेष्ठ सदस्य तुलसी बलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कुल १ हजार ४८ शेयर सदस्य रहेको संस्थाको यस वर्षको शुद्ध नाफा २० लाख १ हजार ७ सय १४ रहेको छ भने संस्थाको यस वर्षको कुल बचत ५ करोड ७० लाख २९ हजार रही संस्थाले हाल सम्म ७ करोड २७ लाख १६ हजार ८ सय ४४ करोबार गरेको संस्थाका अध्यक्ष पवित्रा गौतम सापकोटाले बताउनुभयो ।
२०६९ सालमा स्थापित संस्था स्थापना कालदेखि यहा सम्म पुर्याउनको लागी प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने सम्पूर्ण शेयर सदस्यलाई धन्यवाद व्यक्त गर्नुभयो।
यस्तै सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी सचिव यशु श्रेष्ठले संस्थाको आर्थिक गतिविधि प्रस्तुत गर्नुभएको थियो । जसमा कुल चुक्ता शेयर पुजी ६९ लाख ५ हजार, ऋण लगानी ५ लाख ३२ हजार, कुल आम्दानी ७३ लाख ६३ हजार , कुल खर्च ५१ लाख ४९ हजार गरी कर अघिको नाफा २२ लाख २४ हजार रहेको बताउनुभयो ।
यसैगरी लेखा संयोजकको प्रतिवेदन प्रस्तुत गर्दै लेखा समिति लक्ष्मी बस्यालले संस्थाको हितको लागी चाल्नु पर्ने कदमहरुको बारेमा सल्लाह सुझाव र जानकारी सहित आवश्यक सुधारका लागी लेखा समितिको तर्फ बाट सुझाव दिदै आएको बताउनुभयो ।
संचालक समिति सदस्य मनिता श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा संस्थाका जेष्ठ सदस्य, शैक्षिक क्षेत्रमा उत्कृत नतिजा हासिल गर्ने विद्यार्थीलाई शैक्षिक सम्मान र छोरी महिमा, शेयर सदस्य वृद्धि सम्मान, कक्षा ११ र १२ पढ्नको लागी छात्रवृत्ति लगाएतका पुरस्कारहरु प्रदान गरिएको थियो ।
संस्थाका सचिव यशु श्रेष्ठ र सल्लाहकार रेखा गुरुङ्गको संचालन रहेको कार्यक्रममा समूह नृत्य तर्फ सहभागी ४ टिम मध्ये माया पोखरेलको टिम प्रथम, रमा थापाको टिम द्धितीय, कृतिमा चापागाईको टिम तृतीय र तुलसा कार्कीको समूह चौथो भएको थियो ।

सो अवसरमा मुनाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नविन पोखरेल, संस्थाका सल्लाहकार लक्ष्मी पोखरेल, सेयर सदस्य सरस्वती ढकाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

