काठमाडौ । पर्सा प्रहरीले वीरगन्जबाट लाखौं रकम सहित दुईजना हुण्डी कारोबारी नियन्त्रणमा लिएको छ।
प्रहरीले वीरगन्ज महानगरपालिका वडा २ ईदगाह चौकबाट १४ लाख १३ हजार नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरेको हो।
उक्त रकम सहित वीरगन्ज महानगर २ घुसुकपुरका ३९ वर्षीय संजय साह र बारा महागढीमाई नपा ४ बगडमपुरका ४१ वर्षीय शनि कुमार ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिहीबार विशेष सूचनाका आधारमा पर्सा प्रहरीले छुटै टोली परिचालन गरी बीरगंजको इदगाह चौकबाट दुईवटा मोटरसाइकल चेकजाँच गर्दा साहले चलाएको मोटरसाइकलबाट १० लाख र ठाकुरले चलाएको मोटरसाइकलबाट ४ लाख १३ हजार ५ सय श्रोत खुल्न नसकेको रकम बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्राले बताए ।
वीरगन्जमा हुण्डी कारोबारको सञ्जाल बढ्न थालेपछि त्यसको जालो भत्काउन पर्सा प्रहरीले अभियान नै चलाएका छन् ।
पक्राउ परेका दुवै जना हुण्डी कारोबारी भएकोले प्रहरीले जिल्ला अदालत पर्सामा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको पर्सा प्रहरी प्रमुख एसपी मिश्रले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

