Rashtriya Dainik

नवलपरासी फोटोग्राफर संघद्धारा रक्तदान ,३५ जनाले गरे रक्तदान

अमृता सुनार / नवलपरासी ,६ भदौ

“श्रम र सिपको सदुपयोग गरौं सम्पूर्ण फोटोग्राफर एक हौं ” भन्ने मुल नाराका साथ आज नवलपरासी फोटोग्राफर संघले स्थापना दिवसको अवसरमा सुनवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नवलपरासी फोटोग्राफर संघका अध्यक्ष प्रेम प्रसाद गौतमको अध्यक्षता एवम जिल्ला रक्तसञ्चार केन्द्र प्रमुख सुरज केसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ३५ जनाले रक्तदान गर्नुभएको थियो । ४ जना महिला र ३१ जना पुरुषहरुले रक्तदान गरेको फोटोग्राफर संघले जनाएको छ ।

यस अघि १८६ औ विश्व फोटोग्राफी दिवसको अवसरमा भदौ ३ गते संघले बर्दघाट १४ स्थित अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगी संस्था सहयात्री नेपालमा अनाथ तथा असहाय बालबालिकाको लागी ५ हजार २ सय बराबरको खाद्यान्न र नगद रु ५ हजार २० सहयोग गरेको कार्यक्रम संचालक तथा संघका महासचिव यज्ञ मुर्ति भण्डारी (शिब) ले जानकारी दिनुभयो ।

आज भएको कार्यक्रमको संयोजक तारा लम्साल रहनु भएको थियो भने संघका कोषाध्यक्ष सुरज चालिसेको संयोजकत्वमा समापन भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित