काठमाडौँ ,६ भदौ
चार जना प्रमुख प्रशासकीय अधिकृतसहित १० जना उपसचिवको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मध्येनेपाल नगरपालिका, रामग्राम नगरपालिका, गौरीगङ्गा नगरपालिका र बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित संघीय तथा प्रदेश मन्त्रालयका उपसचिवहरूको सरुवा गरेको हो ।

मन्त्रालयबाट सरुवा गरिएकामध्ये शुक्लागण्डकी नगरपालिका, रामग्राम नगरपालिका, प्युठान नगरपालिका, भोजपुर नगरपालिका, गौरीगङ्गा नगरपालिका र मध्यपुर ठिमी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई पठाइएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

