नवलपरासी ,५ भदौ
नवलपरासी फोटोग्राफर संघले स्थापना दिवसको अवसरमा भएकाे खुल्ला रक्तदानमा ३५ युनिट रगत संकलन भएको छ ।
फोटोग्राफर संघ नवलपरासीको अध्यक्ष प्रेम प्रसाद गौतमको अध्यक्षाता तथा जिल्ला रक्तसञ्चार केन्द्र प्रमुख सुरज के.सीको प्रमुख अतिथित्वमा सुनवल चोकमा सम्मपन्न भएको छ । मानव जीवनलाई संकटका बेला आवश्यक पर्ने रगत दान गरी मानवीय कार्यमा संलग्न हुन सबैमा केसीले आग्रह गरे ।
संघले यस खालको कार्यक्रम गरी व्यावसायिक एकता र सामाजिक उत्तरदायित्व एकै पटक निर्वाह गरेको केसीले जनाए ।
सो अवसरमा संघले बर्दघाट १४ स्थित रहेको अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगी संस्था सहयात्री नेपाललाई अनाथ तथा असहाय बालबालिकाको लागी खाद्यन्न र नगद रु ५०२० सहयोग गरिएको संघका अध्यक्ष गौतले बताए । ३१ जना पुरुष र ४ जना महिला गरि ३५ जनाले रक्तदान गर्नुभएको थियो । संघका कोषाध्यक्ष सुरज चालिसेको संयोजकत्वमा समापन तथा संघका महासचिव यज्ञ मुर्ति भण्डारी (शिब ) ले कार्यक्रम संचालन गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

