Rashtriya Dainik

“बिक्रम खनालको विवादास्पद उपस्थिति: कडेल र सन्तुको विरोधपछि प्रेस युनियन कार्यक्रममा हलचल”

आरपि उपाध्याय / नवलपरासी ,४ भदौ

नेपाल प्रेस युनियनले सय दिने सदस्यता वितरण गर्ने कार्यलाई विशेष अभियान अन्तर्गत पश्चिम नवलपरासीको परासीमा सुभारम्भ गरेको छ।
नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले परासीमा सय दिने कार्यक्रम अन्तर्गत युनियनका केन्द्रिय अध्यक्षको उपस्थितिमा कार्यक्रम बुधबार सुभारम्भ गरेको थियो।

सो अवसरमा केन्द्रिय अध्यक्ष शिव लम्सालले कार्यक्रमको सुभारम्भ गर्दै पत्रकारिता नगर्ने जो कोहीलाई पनि नयाँ सदस्यता वितरण गर्न नसकिने बताउदै पार्टीको भातृ संस्था सदस्यलाई प्रेस युनियनको सदस्यता दिएर भिड नलगाउने धारणा राख्दै उनले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा युनियनको महत्वपूर्ण भुमिका रहेको चर्चा गर्दै अहिले देश विचौलियाको हातमा गएकोमा यसको खबरदारी पनि युनियनले नै गर्नुपर्ने जिकिर गर्नुभयो।


पश्चिम नवलपरासीको काङ्ग्रेसमा चरम गुटबन्दीमा मौलाएको अवस्थामा युनियनले सय दिने विशेष अभियानमा नवलपरासीको काङ्ग्रेसका दुबै धारका नेताहरुलाई एउटै मञ्चमा उभ्याएर पार्टीभित्र उत्पन्न विवाद न्यूनीकरण गर्ने प्रयास गरे पनि त्यो कार्य भने सफल हुन सकेन।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कडेल र लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलवार,नेता मोहन शर्माले उक्त कार्यक्रममा पार्टी कारवाहीमा परेका नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालको उपस्थिति देखेपछि कार्यक्रम सुरु हुनु पुर्व नै कडेल र कलवार कार्यक्रम स्थलबाट बाहिरिनु भएको थियो। त्यस लगत्तै काङ्ग्रेसका वरिष्ठ सदस्य माेहन शर्माले पनि कार्यक्रम स्थलबाट बाहिरिनु भएको हाे।

पुर्व गृहराज्यमन्त्री तथा सहकारी विभागका केन्द्रीय अध्यक्ष समेत रहेका नेता कण्डेलले लुम्बिनी प्रदेशको महामन्त्री बिक्रम खनाललाई पार्टीबाट निस्कासन भएको हुनाले पार्टीकाे कार्यक्रम या शुभेच्छुक संस्थाकाे कार्यक्रममा बाेलाएर बसाल्नु पार्टीकाे नै अपमान भएको भन्दै आपत्ति जनाउदै युनियनको कार्यक्रमबाट बाहिरिनु भएको थियोे।

काङ्ग्रेसमा उत्पन्न गुट उपगुटको खेल भातृ र शुभेच्छुक संस्थामा सर्नुका साथै प्रदेश,जिल्ला,गाउँ र वडाहरुमा प्रवेश हुँदा पार्टी संगठन कमजोर हुन थालेको सर्वसाधारण कार्यकर्ताहरुले चिन्ता व्यक्त गर्न थालेका छन।


प्रेस युनियन नवलपरासीका केही सदस्यहरूले भने पत्रकार महासंघ पश्चिम नवलपरासीको हालै सम्पन्न निर्वाचनमा युनियनका आधिकारिक उम्मेदवार विरुद्ध अन्तरघात गरि हराइएको प्रसङ्ग पनि उठाएका थिए,जबकि नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीमा युनियनको सुविधाजनक बहुमद हुँदा पनि अध्यक्ष र उपाध्यक्षको पराजय भइ उक्त पद प्रेस चौतारीको पक्षमा गएको प्रसङ्ग पनि उठाइएको थियो।


सय दिने विशेष कार्यक्रममा युनियनका जिल्ला अध्यक्ष उमेश बि.क. को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालक रन्जित शर्माले गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित