Rashtriya Dainik

पत्रकारिता नगर्नेहरुको नविकरण र नयाँ सदस्यता वितरण नहुने : केन्द्रीय अध्यक्ष शिव लम्साल

सुरेश यादव / नवलपरासी ,५ भदौ

नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले पत्रकारिता गर्न छोडेका र नगर्नेहरूको कुनै पनि हालतमा नयाँ सदस्यता वितरण र नविकरण नहुने बताउनुभएको छ । १०० दिने सदस्यता विशेष अभियानको नवलपरासीमा शुभारम्भ गर्दै प्रमुख अतिथि लम्सालले गणतन्त्र संस्थागतका लागि युनियनले महत्वपुर्ण भुमिका खेलेको भन्दै देश अहिले बिचौलियाको हातमा गएकाले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो।

युनियनका जिल्ला अघ्यक्ष उमेश वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विकले जिल्ला पत्रकार महासंगको चुनावलाई लक्षित गरि प्रेस युनियनको खोल ओढेर विपक्षीलाई जिताउन लागीपर्ने गद्दारहरुलाई संगठनभित्र ठाउ नरहेको बताउनुभएको छ । उहाले त्यस्ता साथीहरुलाई सच्चिएर आउन आग्रह गर्दै यदि होईन भने अब झुठको खेती गर्ने छुट नरहेको चेतावनी दिनुभयो । साथै पार्टिभित्रको गुट र उपगुटको लडाईले पनि पार्टिलाई हानी-नोक्सानी पुराउने गरेको भन्दै त्यसतर्फ पनि सचेत बन्नुपर्नेमा उहाले ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा कार्वाहीमा परेका कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्रि विक्रम खनाल, प्रदेश सदस्य भिम बहादुर थापा , जिल्लाका कार्यबाहक सभापति विक्रम यादव, प्रबक्ता राधेश्याम पाठक, पुर्ब नगरप्रमुख नरेन्द्र कुमार गुप्ता, पत्रकार हरि शर्मा, पुरूषोत्तम सुवेदी र अनिल यादवलगायतले बोल्नुभएको थियो ।

गत साउन १६ देखि सुरु भएको १०० दिने विशेष अभियान कार्तिक २१ गतेसम्म सन्चालन हुनेछ । जिल्लामा हाल करिब १०० भन्दा बढि सदस्यहरु युनियनमा आबद्द रहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित