Rashtriya Dainik

बालमैत्री नगर घोषणाको अवसरमा माध्यमिक विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

अमृता सुनार/नवलपरासी ,३ भदौ

बालमैत्री नगर हाम्रो पहिचान दिगोपनाका लागी निरन्तर अभियान भन्ने मूल नाराका साथ बालमैत्री नगर घोषणाको अवसर पारेर सुनवल नगर बाल संजालको आयोजना तथा सुनवल नगरपालिकाको सहकार्यमा सुनवल नगर स्तरीय माध्यमिक विद्यालय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

नगर बाल संजालका अध्यक्ष कृपा घिमिरेको अध्यक्ष्ता एवम सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुनवल नगर भित्रका १२ विद्यालय सहभागी रहेका थिए ।

पोषण र बालबालिको अधिकार शिर्षक रहेको तीज गित प्रतियोगितामा रामनगर एकेडेमी प्रथम, ज्योति मावि दोस्रो, धान्यान्चल मावि तेस्रो र सुनवल मावि सान्तवना भएका छन भने विजेता टिमलाई नगद, स्टेशनरी सामाग्री र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिमला अर्यालले २०७५ साल भाद्र ३ गते नेपालकै पहिलो बालमैत्रि नगर घोषणा गरिएको र आगामी वर्ष सम्ममा नेपालकै पहिलो पोषण मैत्रि नगरपालिका घोषणा गर्ने तयारीमा नगरपालिका जुटी रहेको बताउनुभयो ।
उहाले बालमैत्री नगरपालिकालाई दिगोपना दिनको लागी पनि पोषणमैत्री नगरपालिका हुन जरुरी रहेको बताउदै बालबालिकाहरुलाई संरक्षण, सम्बद्धन बचाउने र हरेक अधिकारलाई सुनिश्चित दिनका लागी बालबालिकाहरुलाई पोषणयुक्त खानेकुरा खुवाउने र कुपोषण बाट बचाउने लक्ष्य रहेको बताउनुभयो।

सुनवल नगरपालिका शिक्षा अधिकृत पशुपति भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रममा सुनवल नगरपालिका बहुक्षेत्रिय पोषण संयोजक सिता भण्डारी , सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको संचालन बाल संजालका सचिव कृयल घिमिरे र सदस्य प्रिन्सी कार्कीले गर्नुभएको थियो । सो प्रतियोगितात्मक तीज गीत प्रतियोगिताको निर्णायक संयोजकमा महेन्द्र रेग्मी र सदस्यहरुमा भरत क्षेत्रि,तेजु अर्याल रहनुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित