राष्ट्रिय दैनिक / नवलपरासी ,३ भदौ
ईन्द्रेणी सामाजिक विकास मञ्चको आयोजना,युनाइटेड मिसन नेपाल मेडिकल एण्ड डेभलपमेन्टको साझेदारी तथा प्रतापपुर गाउँपालिकाको समन्वयमा पालिका स्तरीय विपद जोखिम न्यूनीकरण सम्बन्धि दुई दिने तालिम बेलाटारीमा प्रारम्भ भएको छ।
ईन्द्रेणी सामाजिक विकास मञ्चकी कोषाध्यक्ष धनमती सापकोटाको अध्यक्षता तथा इन्द्रेणी सामाजिक विकास मञ्चका पुर्व अध्यक्ष विक्रम प्रसाद खनालको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

सो अवसरमा प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेशचन्द्र यादवले पालिका अन्तर्गतका जनप्रतिनिधिहरुलाई विपद जोखिम न्यूनीकरण सम्बन्धि कार्यमा सबैले पुर्ण सहयोग गर्नुपर्ने धारणा राख्दै विपद आउनु पुर्व नै अपनाउनु पर्ने सावधानीको पुर्व तयारी गर्नुपर्ने कार्यलाई आफ्नो प्रमुख जिम्मेवारी सम्झिनुपर्ने धारणा राख्नुभयो।
यादवले पालिका अन्तर्गत गण्डक नहर र पहाडी खोलाले पुर्याएको क्षतिबारे नेपाल भारतका सरोकारवाला निकायको ध्यानाकर्षण गराइ हुन सक्ने क्षति रोक्नु हाम्रो पहिलो दायित्व रहेको पनि जिकिर गर्नुभयो।

कार्यक्रममा प्रतापपुर गाउँपालिका अन्तर्गतका वडा अध्यक्ष,जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख र स्थानीय सञ्चारकर्मीहरुको पनि तालिममा सहभागिता रहेको थियो।
प्रतापपुर गाउँपालिकाको ५३ हजार जनसंख्यालाई विपदको जोखिमबाट जोगाउन पालिका सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने जानकारी गराइएको थियो भने पालिकाबाट विनियोजन हुने रकम भागबन्डामा नभई आवश्यकताको आधारमा रकम छुट्टाउनु पर्ने कुरामाथी नै तालिम केन्द्रित रहेको तालिमका एक सहभागीले बताएका छन।

कार्यक्रममा वरिष्ठ प्रशिक्षक रामनाथ ओझाले तालिमको पहिलो दिन सहजीकरण गर्नुभएको थियो भने तालिम बुधबारसम्म पनि सञ्चालन हुने कार्यक्रम सञ्चालक उमेश श्रेष्ठले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

