राष्ट्रिय दैनिक / नवलपरासी ,३ भदौ
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्याललाई पालिकाको काम कारबाही र निर्णयमा असहयोग गरेको भन्दै उपप्रमुखसहित चार जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधिएको छ ।

एमाले नवलपरासीले सोधेको स्पष्टीकरणमा नगर उपप्रमुख सूर्य प्रसाद दुबे, वडा नम्बर-१३ का अध्यक्ष एवम् नगर प्रवक्ता कृष्णप्रसाद बगाले, वडा नम्बर- २ का अध्यक्ष राजेन्द्र यादव र कार्यपालिका सदस्य विनोद टमाटा रहेका छन् । उनिहरुलाई जिल्ला समितिको बैठकले सोधेको स्पष्टीकरण सात दिनभित्र बुझाउन आग्रह गरिएको छ ।
स्पष्टीकरण सोधिएका जनप्रतिनिधीहरुले नगरपालिकाको कार्य सम्पादनमा असहयोग गरेको, विपक्षीसँग साठगाठ गरी असफल बनाउन प्रयत्न भएको, नगर सभाबाट पारित भएर खरिद गरिएका स्कारपियोको विषयमा आलोचना गरेको, खोलाको ठेक्कामा निर्णय विपरीत गएको, करार कर्मचारीलाई हटाउने निर्णयविपरीत नहटाउन आग्रह गरेको जस्तो आरोप लगाइएको छ ।
नगर प्रमुख अर्याल र उपप्रमुख दुबेबीच समय समयमा पालिकाको काम र कारबाहीका विषयमा विवाद हुँदै आएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

